ट्रेन्डीङ्ग

सुनवलमा बहुउपयोगी ध्यान केन्द्र निर्माणका लागि महायज्ञ हुने

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा बहुउपयोगी योग तथा ध्यान केन्द्र बनाउन स्थानियहरु जुटेका छन । पछिल्लो समयमा विभिन्न कारणहरुले गर्दा तनाव वढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै तनाव व्यवस्थापनको गर्न योग तथा ध्यान केन्द्र बनाउनका लागी आगामि माघ १ गते देखि ८ गते सम्म संचालन गर्ने गरि श्रीमदभागवत तथा धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ ।महायज्ञ संचालन गर्नका लागी पुर्व नगरप्रमुख भिम बहादुर थापा(भरत)को संयोजकत्वमा सुनवल क्षेत्रका समाजिक धार्मिक एवं लब्ध प्रतिष्ठत ब्यक्तित्वहरु मुल समितिमा रहने गरी निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समिति बनेको छ ।नेपालकै मध्य ठाँउमा पर्ने पश्चिम नवलपरासीको सुनवलमा वहुउपयोगी योग तथा ध्यान केन्द्रमा, योग केन्द्र ,ध्यान केन्द्र तथा प्राकृतिक चिकित्सा स्वास्थ्य केन्द्र समेत रहने गरि राष्ट्रिय स्तरको ध्यान केन्द्र बनाउने र सुनवलको विकासमा इट्टा थप्ने उद्देश्य सहित महायज्ञ गर्न लागिएको हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मुल समारोह समितिका संयोजक भिम वहादुर थापाको भनाई छ ।योग तथा ध्यान केन्द्र निर्माणको लागी आगामि माघ १ गते देखि ८ गतेसम्म संचालनार्थ महायज्ञको सचिवालय समुदघाटन सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल गरेकी छन।सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै अर्यालले पछिल्लो समयमा मानसिक तनावका कारण विभिन्न समस्याहरु आइरहेको भन्दै शान्त वातावरणमा वस्ने,ध्यान गर्ने,योग गर्ने वातावरणको लागी ध्यान तथा योग केन्द्रको महत्व र आवश्यकता रहेको र नगरपालिकाको गौरवको योजनामा ध्यान केन्द्रलाई सुनवल नगरपालिकाले राखेको बताइन ।नगरपालिका संरक्षकको रुपमा रहेर योग तथा ध्यान केन्द्र निर्माणको लागी सहयाग गर्न सुनवल नगरपालिका प्रतिवद्द्ता व्यक्त गरेकी छन ।योग तथा वहुउपयोगी ध्यान भवन निर्मानार्थ श्रीमद्धभगवत धनधान्याचल ज्ञानमहायज्ञको संकल्पकर्ता वालव्यास श्रवण न्यौपाने रहनुभएको छ भने कथा वाचक वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले गर्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal