ट्रेन्डीङ्ग

पुर्व राजा शाहलाई पश्चिम नवलपरासीमा नागरिक अभिनन्दन

परासी।पुर्व राजा ज्ञानेन्द्र शाहलाई पश्चिम नवलपरासीमा नागरिक अभिनन्दन गरीएको छ । मंगलबार जिल्लाको सरावल गाउंपालिका ७ स्थित बर्दघाटे कालिका मन्दिरको दर्शनका लागि आएका शाहलाई स्थानीयले नागरिक अभिनन्दन गरेका हुन ।

देश दौडाहामा रहेका पुर्वराजा शाहलाई स्थानीयको तर्फबाट नागरिक अभिनन्दन सहित स्वागत गरीएको स्वागत अभिनन्दन मुल समारोह समितिका संयोजक सुधिर पाण्डेले बताए।

अभिनन्दन कार्यक्रममा प्रतिनिधीसभा सदस्य धुब्र बहादुर प्रधान,रामग्राम नगरपालिकाका तर्फबाट उपप्रमुख सम्झना चौधरी लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा शाहले ऐतिहासीक बर्दघाटे कालिका मन्दिरमा पुजा अर्चना गरेका थिए । अभिन्नन्दन कार्यक्रम कुनै सम्बोधन नगरी फर्किएका शाहले प्रतिनिधि सभा सदस्य प्रधान मार्फत धन्यवाद व्यक्त गरेका थिए। प्रधानले राजाको आगमनले बर्दघाटे मन्दिरको संरक्षण,बिकास र प्रचारप्रसार टेवा पुग्नेमा विश्वास व्यक्त गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal