ट्रेन्डीङ्ग

न्यु लाइफ कप अन्तराष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधी नवलपरासीलाई

बर्दघाट।न्यु लाइफ बर्दघाटले आयोजना गरेको न्यु लाइफ कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको सम्पन्न भएको छ । शनिवारदेखि शुरु भएको प्रतियोगितामा अल इन्डिया तेक्वान्दो डोजाङको सह-आयोजक र राष्ट्रिय तेक्वान्दो संघको सहयोगमा सम्पन्न प्रतियोगितामा नवलपरासी प्रथम ,भारत द्धितीय र रुपन्देही तृतीय भएको छ। प्रतियोगिता

मा नेपालको कन्चनपुर,अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम,गुल्मी,नवलपरासी पुर्व,काठमाडौं, चितवन,काभ्रे सहित छिमेकी देश भारतका विभिन्न सहरका २ सय ५० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिको सहभागी रहेको विद्यालयका प्राचार्य सन्तोष अधिकारीले जानकारी दिए । प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न गरीएको थियो ।

समापन तथा पुरस्कार वितरणका कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा,न्यु लाइफ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारी, संचालक सदस्य डिबि अधिकारी पत्रकार लगायतको उपस्थिती रहेको खेल संयोजक विजय कुमारले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal