ट्रेन्डीङ्ग

मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा जगन्नाथ मावि प्रथम

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – ११ मिश्रौलिमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । श्री हरि आध्यात्मिक प्रतिष्ठानको आयोजनामा भएको “जीवन परिवर्तनमा गिताको महत्त्व बिषय”मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

वक्तृत्वकला प्रतियोगितामा जगन्नाथ माध्यमिक विद्यालयका विशेष खरेल प्रथम भएका हुन । त्यसैगरि दोस्रो ज्ञान ज्योति मावी भुमहिका छविलाल भुसाल र तेस्रो लुम्बिनी मावि सुनवलकी एलिजा बिक भएकी हुन ।

प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार , ४ हजार र ३ हजार सहित प्रमाणपत्र वितरण गरिएको छ ।

श्री हरि आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष नारायण कृष्ण पाण्डेको अध्यक्षता तथा भिमकान्त पन्थी(भागवत ब्यास)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रतिस्ठानका सचिव लेखनाथ न्यौपानेले संचालनमा रहेको थियो।

प्रतिष्ठानले आजै गिता पुजा ,गिता पुस्तक वितरण , आरति र गिता प्रवचन कार्यक्रम समेत गरेको थियो जस्मा १ सय बढी पुस्तक गरिएको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन गैह्रेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?