
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १३ बडेरामा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको छ ।
अपाङ्ग लक्षित कार्यक्रम उपभोक्ता सहित वडा -१३ को आयोजनामा वडा भित्र बसोवास गर्ने अपाङ्गता भएका ११३ जना भन्दा बढी अपाङ्गता सहयोग सामाग्री र जाडोका न्यानो कपडा वितरण गरिएको हो ।
अपाङ्ग लक्षित कार्यक्रम उपभोक्त समिति अध्यक्ष मोतीप्रसाद तिवारीको अध्यक्षता र वडा नम्बर-१३ का अध्यक्ष कृष्णप्रसाद बगालेको प्रमुख आथित्यतामा सहायता सामाग्री र न्यानो कपडा वितरण गरिएको समितिले जनाएको छ ।