ट्रेन्डीङ्ग

नेपाली कथानक चलचित्र भावीको लेखान्त सुनवलमा छायाँकन हुने

सुनवल । नेपाली कथानक चलचित्र ‘भाविको लेखान्त’को  छायाँकन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ ।

बुधवार शिखा मिडिया प्रालिले सुनवलमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रका निर्देशक सुरेन्द्र थापाले नेपाली चलचित्र भाविको लेखान्तको छायांकन सुनवलमा गरिने तयारी भएको बताए ।

नेपाली टेलिशृङ्खलाको रुपमा रहेको ‘भाविको लेखान्त’ ठुलो पर्दाका लागि नवलपरासीको सुनवल,दाङ र रोल्पामा छायाँकन हुन लागेको निर्देशक थापाले जानकारी दिए ।
कुन्जन घिमिरेको लेखन,लेखान्त भुषालको निर्देशन र सन्दीप चौधरीको सम्पादनमा निर्माण हुन लागेको चलचित्र ‘भाविको लेखान्त’मा गाउँका कथावस्तुहरुलाई समेटिएर चलचित्रमा नयाँपन दिईएको उनले बताए ।

यस्तै खलनायकको भूमिकामा रहनुभएका कलाकार मुकुन्द थापा (भिमसेन खत्री)ले कलाकार लेखान्त भुषालद्वारा चलचित्रमा सबै पात्रहरुको महत्वपूर्ण भूमिका रहने गरि निर्माण गर्न लागिएको चलचित्र खलनायककै कारण नायकको भूमिका शसक्त रहेको बताए।

मुकुन्द थापा,सुन्दर मायालु लगायतका कलाकारहरु रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal