ट्रेन्डीङ्ग

सन्धिखर्क नगरपालिकालाई पर्यटक आर्कषणको केन्द्र बनाउने:भुसाल

अनिल नेपाली चैत ४ अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले वडा नम्वर ६ नरपानीमा रहेको पिकनिक स्थलमा एक कार्यक्रमका बीचमा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, सबै वडाका वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु पत्रकार लगाएतको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले पर्यटकीय सम्भावना रहेको नगरपालिकालाई हराभरा सुन्दर नगरपालिका पर्यटक आकर्षणको केन्द्र बनाउनको लागि सबै लाग्नु पर्ने बताउदै अब नगरपालिकालाई ग्रिन सिटी नगरपालिकाको रुपमा चिनाउनुपर्ने बताउनुभएको थियो। कार्यक्रममा उपप्रमुख ठाकुर कुमार विक किशोर प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?