ट्रेन्डीङ्ग

तीन बुदे सम्झौता विपरीत विप्लव सहित नेकपाका नेतालाई पक्राउ पुर्जी

काठमाडौ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी गरेको छ ।

अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले नेकपा माहासचिव चन्दसहित उहाँका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिक मार्फत सार्वजनिक गरेको छ ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

विप्लव नेतृत्व गरेको दल नेकपा समाजवादी मोर्चामा आवद्ध छ । जुन मोर्चामा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसमेत आवद्ध छन् ।

केपी ओलि नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्दै सोही सरकारले २०७७ साल फाल्गुन २१ गते ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति पछी विप्लव काठमाडौ स्थित सभागृहबाट सार्वजनिक भएका थिए ।

राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ र नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन,कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमति भए पश्चात विप्लव नेकपाले खुला रुपमा राजनीति आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?