ट्रेन्डीङ्ग

बर्दियामा आगलागीमा परि चार जनाकाे ज्यान गयाे, एक जना घाइते

बर्दिया । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।
आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालका अनुसार स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षेति भएको बताए । 

 

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि बर्दिया अस्पताल गुलेरियामा लगिएकाे डीएसपी अर्याल बताए ।

आगलागीको घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?