ट्रेन्डीङ्ग

बेरोेजगारीको अन्त्य गर्नेको लागि प्राविधिक सिप आवश्यक:नगर उपप्रमुख विक

अनिल नेपाली
अर्घाखाँची ३चैत

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले सीपले मानिसलाई दक्ष बनाई बेरोजगारीको अन्त्य गर्ने बताउनुभएको छ ।

सन्धिखर्क नगरपालिका दारा वडा न ९मा आयोजना गरिएको गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यबसाय सचेतना तथा व्यबसाय सुरु तालिमको उद्घाटन गदै नगर उपप्रमुख विकले यस्तो बताउनुभएको हो ।

उपप्रमुख विकले सीपले मानिसलाई उद्यमशिल बनाई व्यबसायमा अपेक्षित उपलब्धी हासिल गराई जीवनमा समेत स्तरन्नति गराई जिविकोपार्जनमा समेत मद्दत पुग्ने हुनाले सीप आबश्यक रहेको बताउनुभएको थियो । एक फरक प्रसँगमा कुरा गदै नगर उपप्रमुख विकले आफुहरु निर्वाचित भईसकेपछि नगरबासीको चाहनालाई पुरा गर्न आफुहरु नगरको विकासमा तिब्र रुपमा लागेकोे बताउनुभएको थियो ।

कार्यक्रममा शाखा अघिकृत मन्जु खनाल अर्घारजस्थल माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल चुदाली वडा सदस्य विष्णु प्रसाद आचार्य लगायतका बक्ताले कार्यक्रममा मन्तब्यमा राख्दै गरिबी न्युनिकरण गर्ने बेरोजगारीको अन्त्य गर्नेको लागि तालिम आबश्यकता रहेको बताउदै तालिम सफलताको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा २८ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम वडा न ९ का वडा अध्यक्ष देब बहादुर रायमाझीको अध्यक्षता उद्योेग शाखा प्रमुख जीवनारायण आचार्यको स्वागत मन्तब्य उद्यम विकास सहजकर्ता अनिता रावतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?