ट्रेन्डीङ्ग

प्रभावकारी अनुगमन नहुदा काममा ढिलासुस्ती: प्रदेशसभा सदस्य आचार्य

अर्घाखाँची ।लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आर्चायले अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा विकास याेजनामा ढिलासुस्ती हुने गरेकाे बताउनुभयाे।

जिल्ला प्रशासन कार्यलय,घरेलु तथा साना उधाेग कार्यालय,सन्धिखर्क नगरपालिकाकाे आयाेजनामा विश्व उपभोक्ता अधिकार दिवश बृहत् अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अाचार्यले विकास याेजनाकाे क्वालिटीमा कम्परराई नगरि अगाडि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयाे ।

जिल्ला समन्वय समितिका सभापति पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले अनुगमनलाई थप प्रभावकारी बनाउने गरि अगाडि बढ्ने बताउनुभयाे ।

कार्यक्रममा राजनीतिक दलका तर्फबाट राजमाेका गाेविन्द विसि,उधाेग वाणिज्य सघका उपाध्यक्ष नेत्र प्रसाद भुसाल,नेपाल पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल लगाएले मन्तव्य राख्नुभएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारि विष्णु पाैडेलकाे अध्यक्षता,घरेलु कार्यालयका कार्यलय प्रमुख केशव सुनारकाे सञ्चालन र सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहयाक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal