उमेश बि.क. असोज ५, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन । प्रतापपुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभाबाट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) एेन, बिपद जाेखिम न्युनिकरण तथा व्यवस्थापन एेन र सुशासन एेन २०७७ सर्बहमतबाट पारित भएको छ।सभामा प्रतापपुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष चौधरी , गाउँपालिका भित्र रहेका वडाका वडा अध्यक्षहरु लगाएत ४८ जना सदस्यहरुमध्ये ४५ जना सदस्यहरु तथा संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुकाे उपस्थिती रहेको थियो।
प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सहजीकरण गर्नुभएको सभामा दफाबारे छलफल भएकोकोे प्रतापपुर गाउँपालिकाका सुचना अधिकारीले जानकारी दिनुभयो ।