ट्रेन्डीङ्ग

देवकोटा क्याम्पसका पुर्व विद्यार्थीहरुद्धारा रक्तदान

सुनवल। पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा क्याम्पसका पुर्व विद्यार्थीहरुले विश्व मुटु दिवसको अवसर पारेर रक्तदान गरेका छन ।

रक्तदान कार्यक्रमबाट २५ पोइन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रमलाई लुम्विनी प्रदेस सभा सदस्य खड्ग वस्नेतले उद्घाटन गरेका हुन । सभासद वस्नेतले रगत आफुलाई पनि चाहिने र अरुलाई पनि चाहिने भएकाले रक्तदान कार्यक्रम आफैमा महत्वपुर्ण भएको बताए ।

त्यस्तै संसद वस्नेतले ३/३ महिनामा रक्तदान गर्न सकिने र त्यसले कुनै असर नपार्ने भएकाले आगामी दिनहरुमा रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए।

महाकवि देवकोटा क्याम्पसका भुतपुर्व विद्यार्थी संगठनका प्रमुख जीवन पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि,उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्या ,महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने, रेडक्रस सोसाईटी सुनवल उपशाखाका अध्यक्ष गोपाल प्रसाद शर्मा लगायत पुर्व विद्यार्थीहरुको उपस्थीति रहेको थियो।

कार्यक्रममा पुर्व विद्यार्थी रोशन श्रेष्ठको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन पुर्व विद्यार्थी जमुना थापाको रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal