ट्रेन्डीङ्ग

रामग्राममा क्रान्तिकारी पार्टीले टास्यो कार्वाहीको चेतावनी पोष्टर

परासी । बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘भष्ट्राचारीहरु जनताका शत्रु’ रहेको पर्चा रामग्राम नगरपालिकाको कार्यालयको बिभिन्न स्थानमा टाँस गरेको छ ।

‘भष्ट्राचारीहरु जुनसुकै ओहोदामा बसेका भएपनि जनताका वर्गदुश्मन हुन।’रामग्राम नगरपालिकाको कार्यालयको गेटमा पोस्टरको रुपमा टाँसिएको बिज्ञप्तिमा उल्लेख छ ।

पार्टीले नगरपालिकाको मुख्य गेट देखि सुचना पार्टी हुदै लेखा शाखा सम्मका बिभिन्न १९ स्थानमा चेतावनी स्वरुप पर्चा टाँस गरेको संयोजक समरले जानकारी दिए ।

उक्त पर्चामा रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियम विपरित २५ लाख रुपैया भत्ता लिएको बिषयलाई निकै महत्वका साथ उठाइएको छ ।

उनले भष्ट्राचार बिरुद्ध पार्टी कडा रुपमा प्रस्तुत हुने बताउदै भत्ता काण्डमा संलग्न उपर कारवाही नभए जनकारवाही गर्ने प्रतिबद्धता उद्घोष गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?