ट्रेन्डीङ्ग

नगर स्तरीय खुल्ला तिज गित नृत्यको उपाधी सुनवल लोटसलाई

सुनवल । सुनवलमा तिजको अवसरमा शनिबार सप्पन्न तेस्रो नगर स्तरीय खुल्ला तिज गित नृत्य प्रतियोगिताको उपाधी सुनवल लोटस ई.सेकेण्डरी स्कुलले चुमेको छ ।

सुनवल डान्स एकेडेमी तथा सहकार्य इभेन्ट्स आयोजनामा गरिएको तेस्रो नगर स्तरीय खुला नृत्य प्रतियोगितामा सहकार्य इभेन्टसका सिइयो प्रदिप अर्यालको अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यमा र पाल्हीनदन गाउँपालिका उपाध्यक्ष सकिना फातुमा अन्सारीको वरिष्ठ आतिथ्यता सप्पन्न प्रतियोगितामा सुनवल लोटस ई.सेकेण्डरी स्कुल प्रथम स्थान हासिल गरेको छ सहकार्य इभेन्टसका सिइयो प्रदिप अर्यालले जानकारी दिए ।

त्यसैगरि सुनवल डान्स एकेडेमी दोस्रो , द पाइनियर तेस्रो र सान्त्वना सिद्दार्थ ई स्कुलले हासिल गरेका छन ।

नृत्य प्रतियोगितामा प्रथम १५ हजार , दोस्रो १० हजार तेस्रो ५ हजार र सान्त्वना २ हजार पुरस्कार सहित समान गरिएको सहकार्य इभेन्टस सिइयो अर्यालले जानकारी दिए।

सुनवल नगरपालिकाको सहकार्यमा कार्यक्रमलाई मुख्य प्रयोजन सन्दिप सुन एन्ड चादि पसल र सहप्रायोजन नेको कोरियन इन्सिट्युट र पाथ वे इन्टेल एजुकेसन कन्सल्टेन्सिले गरेको थियो भने मिडिया पाटनर सुनवल प्रेस क्लब रहेकोे थियो । नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा लोक दोहोरी प्रस्तिठानकी अध्यक्ष श्यामकला भण्डारी र देवेन्द्र चौधरी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?