ट्रेन्डीङ्ग

यज्ञ सापकोटाको तीज गीतमा,कालि आमा संगै राज र दिपेश नाचे

काठमाडौं।नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत“तिजको मेलामा”सार्वजनिक भएको छ।लोकप्रिय गायिका नवीना सुवेदी,यज्ञ सापकोटा,भूपराज पाण्डे,ईश्वरा खनाल सापकोटाको आवाजमा रहेको गीतलाई यज्ञ सापकोटाले लय, शब्दमा गरेका छन।

महेश बिक्रम पाण्डेको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुमन राणा र खुमन राणाले रेकड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् ।

राज गजमेर, सुष्मा मगर, दीपेक एसके, झरना रिसाल, कुसुम घतानी, सुरेश सुनार, दीपेन्द्र धरेल, सरस्वती सिंखडा, शारदा गिरी (काली आमा), गोपाल लगायतको अभिनय रहेको उक्त गीतलाई प्रेम लामाले खिचेका हुन भने टेकेन्द्र शाहले भिडियो सम्पादन गरेका हुन् ।

हिम्मत चैशिरको सह सम्पादन,दिपेश एस केको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोलाई राज गजमिरले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो अकला देभी म्युजिकको अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो।
भिडियो हेर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?