ट्रेन्डीङ्ग

स्वास्थ्य परियोजनाहरुको त्रैमासिक समिक्षा बैठक

परासी । पश्चिम नवलपरासीमा स्वास्थ्य कार्यलय अन्तर्गत जिल्ला भित्र संचालित परियोजनाहरुको त्रामासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ कार्यालयको आयोजना र फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्च आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा एक दिवसीय जिल्ला स्तरीय समन्वय बैठक स्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

स्वास्थ्य परियोजना अधिकृत पुस्पराज आचार्यको स्वागत सुरु भएको कार्यक्रममा जिल्लाभर कार्यरत सबै कार्यक्रम सयोजकहरुले साउन मसान्तसम्मको प्रगति तथा बजेट र आगामी कार्यक्रमको उद्देश्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आधारभुत स्वास्थ्य परियोजना, द लेप्रोसी मिसन नेपाल , सुनवल सामुदायिक बिकास केन्द्र,आशा समुह , बेश नेपाल , शसक्तिकरण, ग्रीन तारा नेपाल लगायत १० वटा सस्थाले प्रस्तुतीकरण गरेका थिए ।

फेरयर मेड फाउन्डेसन नेपालका टिम लिडर शशी लाल कर्णे र साझेदारी तथा स्वास्थ्य बिज्ञ तुलसिराम खनालले कार्यक्रमको समिक्षा माथी प्रकाश पारेका थिए । पोषण र खानेपानीमा काम गर्ने सस्था कम भएकाले त्यस क्षेत्रमा कार्यक्रममा जोड दिनुपर्ने र आवश्यकता पहिचान गरि प्राथमिकरणमा जोड दिए ।

स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीको अध्यक्षतामा एवं जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा साथै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको विषेश आथित्यतामा सम्पन्न कार्यक्रममा पालिका बजेट तथा कार्यक्रम प्लेक्स प्रिन्टमा ब्यवस्थापन गर्न समन्वय प्रमुख यादवले सुझाव दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?