ट्रेन्डीङ्ग

बुटवलमा स्वतन्त्र पत्रकार संघको स्थापना दिवसमा फलफुल खाधान्न वितरण र दिप प्रज्वलन

बुटवल,२४ फागुन।
स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले आफ्नो स्थापना दिवशको अवसरमा खाद्यान्न तथा फलफुल वितरण सम्पन्न गरेको छ । संघको आफ्नो नवौं स्थापना दिवसको अवसर पारी फलफुल तथा खाद्यान्न वितरण बुटवलमा सम्पन्न गरेको हो ।
स्थापना दिवसको अवसरमा जिल्ला शाखा रुपन्देहीले बुटवल चौराहामा दिप प्रज्वलन पनि गरेको हो । वि.स २०६८ साल फागुन २४ गते आधिकारिक रुपमा स्थापना भएको स्वतन्त्र पत्रकार संघ नेपालले निष्पक्ष, निडर तथा स्वतन्त्र रहि पत्रकारिता गर्दै आईरहेको छ । “पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने नाराका साथ स्थापना भएको स्वतन्त्र पत्रकार संघ नेपालले स्वतन्त्र पत्रकारितासंगै समाजसेवा पनि संस्थाले गर्दै आएको छ। स्वतन्त्र पत्रकार संघ रुपन्देहीमा भर्खरै भएको चौथो अधिवेशनबाट निर्वाचित राष्ट्रिय पार्सद तथा निवर्तमान अध्यक्ष अनिल पहाडीले पत्रकार आफैमा समाजसेवी हो, यसमा पनि हामी स्वतन्त्र पत्रकार संघका पत्रकार साथिहरुले पत्रकारिता सँगसँगै वृद्धाश्रममा यसरी सहयोग गरि समाजसेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । नवौं स्थापना दिवसको अवसरमा आयोजित खाद्यान्न, फलफुल वितरण तथा दिप प्रज्वलन कार्यक्रममा स्वतन्त्र पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष मोहन केसीको अध्यक्षता रहेको थियो । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सदस्य सीता दर्नालको प्रमुख आातिथ्यतामा रहेको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष आएन पौडेल,प्रदेश सदस्य विवश विष्टको उपस्थित रहेको थियो ।
साथै कार्यक्रममा राष्ट्रिय पार्सद अनिल पहाडी, राष्ट्रिय पार्सद प्रेम बुढाथोकी,सुधीर ठाकुर, प्रदेश पार्सद प्रिया अधिकारी,सन्जु चालिसे,रमेश श्री लगायत जिल्ला शाखा पदाधिकारी, कार्यसमिति, साधारण सदस्यहरु लगायतको उपस्थित रहेको थियो ।संस्थाको सहकोषाध्यक्ष इज्जत कंडेलको स्वागत रहेको कार्यक्रमको संचालन सचिव बिनोद विष्टले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?