ट्रेन्डीङ्ग

नवलपरासी सेवा समाज युएईको चौथो अधिवेशन सम्पन्न

युएई।नवलपरासी सेवा समाज युएईको चौथो अधिवेशन सम्पन्न भएको छ।बरदुबई स्थित हेरिटेज भिलेज रेष्टुरेण्टमा सम्पन्न चौथो अधिवेशनले भुपराज डुम्रेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।

युवराज भुसाल संरक्षक रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सिता वराल,उपाध्यक्षहरु कोपिला सापकोटा,दिपक पाण्डे,अतितवावु भुसाल,अर्जुन कार्की चयन हुनुभएको छ।

त्यसैगरि महासचिवमा ठग प्रसाद डुम्रे (अशोक) र सचिबमा कृष्ण तिवारी चयन हुनुभएको छ।त्यस्तै कोषाध्यक्षमा भिम प्रसाद भट्राई र सह कोषाध्यक्षमा हेमराज डुम्रे चयन हुनुभएको छ।त्यस्तै नयाँ कार्यसमितिमा विभिन्न विभागहरु समेत वनाई जिम्मेवारी समेत तोकिएको छ।

नवलपरासी सेवा समाज युएईको प्रवक्तामा सुनिल पाण्डे र सह प्रवक्ताका जिम्मेवारीमा हरि पाण्डे रहनुभएको छ। त्यसैगरि संगठन विभागमा हिरामणी ढकाल,प्रचारप्रसार विभागमा मनोज पाण्डे, संस्कृतिक विभागमा पार्वती पंगेनी,अनुशासन विभागमा कृतन श्रेष्ठ र खेलकुद विभागको जिम्मेवारी सुर्य पौडेललाई तोकिएको छ।

त्यस्तै चौथो अधिवेशनबाट टेक प्रसाद सापकोटा, सविता नेपाल,सपना गुरुङ,उमाकान्त तिवारी, उषा पाण्डे, शान्ति काफ्ले,कुल प्रसाद तिवारी, चोलाकान्त तिवारी,कल्पना सापकोटा,जमुना पाण्डे,र दिपक पाण्डे चयन भएको नबनिर्वाचित उपाध्यक्ष अतीत बाबू भुसालले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?