ट्रेन्डीङ्ग

कपिलवस्तुका ५ संयुक्त विद्यार्थी संगठनद्वारा पठनपाठन सुचारु गर्ने माग

असोज ४ कपिलवस्तु । विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी ) को आयोजनामा कपिलवस्तुका कृयाशिल ५ बिद्यार्थी संगठनको संयुक्त बैठकले ८ बुद्दे माग सहित कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही समय भाइरसको प्रकोप रहने अनुमान गर्दै वैकल्पिक सिकाइ प्रभावकारी नभएको अवस्थामा तथा शैक्षिकसत्र खेर जाने देखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय, क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका छन् ।

कपिलवस्तु जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसि निम्न लिखित महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् ।

कक्षा १२ तथा क्याम्पस तहका नियमित कक्षा रोकिएको, परीक्षा संचालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेका छन् । यस्तै विद्यार्थी संगठनहरुले काेराेनाका कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुरहरूको कोठाभाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलबको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । यस्तै निजी विद्यालय, क्याम्पसहरुले अनलाइन कक्षाको नाममा बन्दाबन्दीको समय अवधिमा भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै विद्यार्थी अभिभावकबाट कुनै शुल्क असुल नगर्न र शुल्क असुल गर्ने विद्यालयलाई कारबाहीको पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् ।

सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठनका बहानामा विद्यार्थी तथा अभिभावकबाट चर्को शुल्क असुल गर्ने कार्य भएकाले सरकारी विद्यालयले विभिन्न वहानामा यसरी असुल गरिएको शुल्क तत्काल रोक्न पनि संयुक्त विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् । यस्तै काेरना भाइरस नियन्त्रणका लागि औषधि खरिद क्वारेन्टिन र अन्य व्यवस्थापन भएको भनिएका अनियमित तथा भ्रष्टाचारको छानबिन तथा संलग्नलाई कारबाहीको पनि माग गरेका छन्।

बैठक पछी जारी विज्ञप्तिमा अनेरास्ववियु संयोजक बाबुराम अर्याल, नेबिसंघ उपसभापति अनिल क्षेत्री,अखिल क्रान्तिकारी अध्यक्ष विज्ञान क्षेत्री,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष माेहित मिश्रा र अखिल छैठौंको अध्यक्ष रिषभ आचार्यको हस्ताक्षर रहेको छ । प्रेस विज्ञप्ति :मिति २०७७ असोज ४ कपिलवस्तु जिल्लाका क्रियाशिन विद्यार्थी संगठनको संयुक्त बैठक अखिल ( कान्तिकारी ) को आयोजनामा तौलिहवामा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ ।
१ ) कोरीना भाइरस तत्काल नियन्त्रण नहुने र अझै केही समय भाईरसको प्रमोप रहने अनुमान गरिएकास , वैकल्पिक सिकाई प्रभावकारी नभएको र शैक्षिक सा खेर जाने देखिएकोले आवश्यक स्वास्य सर्तकता अपनाउंड सबै विद्यालय , क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तपार गर्न अनुरोध गर्दछौं ।
२ ) कक्षा १२ , क्याम्पस तहका नियमित कक्षा रोकिएको परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्दछौं ।
३ ) कोरोनाको कारण अलपत्र परेका विद्यार्थी , गरिब तथा विपन्त मजदुरहरुको कोठाभाहा र राहत प्याकेज घोषमा गर्न , नीजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्न सरकार संग माग गर्दछौं ।
४. निजी विद्यालय , क्याम्पसहरुले अनलाईन कक्षाको नाममा बन्दाबन्दीको समय अवधीमा भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै विद्यार्थी , अभिभावकबाट कुनै शुल्क असुन नगर्न र शुल्क असुल गर्ने विद्यालयलाई कारबाहीको माग गर्दछौं ।
५ ) सरकारी विद्यालयहरुले अबग्रेजी माध्यममा पठनपाठनका बाहानामा विद्यार्थी , अभिभावकबाट चर्को शुल्क असुन गर्ने कार्य भएकोले सरकारी विद्यालयहरुले विभिन्न माहानमा चर्को शुल्क असूल गर्ने कार्यलाई तत्काल गन्न अनूरोध गर्दछौं ।
६ ) कोरोना भाईरस नियन्त्रणका लागि औषधी खरीद , क्वारेन्टाईन र अन्य व्यवस्थापनमा भएको भनिएको अनियमिता र भ्रस्टाचारको छानबिन गरी अनियमिता र भष्ट्राचारमा संलग्नलाई कारवाही गर्न माग गरौ ।              ७ ) बजारका महंगी , कालोबजारी नियन्त्रण भएको छैन । नकताउन बुलेपछि यातयातमा ५० प्रतिशत माइ इंट गरिएको छ । महंगी र कालोबजारी नियन्त्रण गर्न र भाडा वृद्धि तत्काल खारेज गर्न तथा विद्यार्थी सलिएतलाई कडाई पूर्वक कार्यन्यन गर्न माग गर्दछौ ।
८ ) कौराना भाइरस संक्रमणबाट मृत्यु भएका सबै प्रति संयुक्त विद्यार्थी संगठनको तर्फबाट गर्दिक पदावनी व्यक्त गर्दछौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?