ट्रेन्डीङ्ग

तामनगरको चौराह टोलबिकास संस्थाको २०औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल महानगरपालिका वडा नम्बर १२ चौराहा टोल विकास सस्थाको २० औ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।


चौराहा टोल बिकास समितिका अध्यक्ष बिजय कुवरको अध्यक्षतामा भएको वडा नम्बर १२ का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदिको प्रमुख आथित्यतामा ,वडा सदस्य भुपेन्द्र सम्शेर थापा बिशिस्ट आथित्यतामा भएको थियो भने संचालन सस्थाका सचिव युवराज घिमिरेले गर्नु भएको थियो ।

वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि सुवेदीले चौराहा टोललाई नमुना टोल बनाउने सहयोग गर्ने प्रतिबद्धता रहेको वताए ।
वार्षिक साधारणसभाको अवसरमा कपिलवस्तु स्थिति राजापानी पर्यटकिय स्थलमा वनभोज आयोजना गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?