ट्रेन्डीङ्ग

संघ-सस्थालाई एउटै नेटवर्क भित्र समावेश गर्दै नेपाली सर्च इन्जिन

सुनवल।नेपालमा ईन्टरनेटको सहजीकरण सङ्गै आइटी कम्पनीहरुको विकास हुँदै जाने क्रम शुरूवात भएको छ।प्रायःनेपालमा गुगल,फेसबुक,टिकटक र इन्स्टाग्रामको माध्यमबाट नयाँ कुराहरू खोजी गरिन्छ यी सवै बिदेशी लगानीका कम्पनीहरु हुन त्यसैले सहजरूपमा सेवा सुविधा लिन निकै कठिनाइ हुनुको साथै नेपालबाट बाहिरिने ठूलो रकम रोक्ने उदेश्य सहित कम्पनिको स्थापना गरिएको हो।अहिले हरेक देशमा आफ्ना सर्च इन्जिन छन अब नेपाल र नेपालिको आफ्नै देशको सर्च इन्जिन बनाउने उदेश्यराखी नेपाली सर्च इन्जिन प्रा. लि.को शुरूवात भएको छ।

 

सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघ-संस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन।नेपाल भित्र रहेका सबै संघ-सस्थालाई एउटै नेटवर्क भित्र समावेश गर्ने उद्देश्यका साथ नेपाली सर्च इन्जिन प्रा.लि.को स्थापना गरिएको हो।नेपालका सम्पुर्ण संघ संस्थाहरु,ब्यवसायहरुलाई अनलाइनको माध्यम बाट एउटै ठाउँमा सजिलोसँग जानकारी लिन सक्ने गरि अहिले नेपाली सर्च इन्जिनले आफ्नो कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ।

 

 

नेपाली सर्च इन्जिनमा विभिन्न संघ-सस्थाको जानकारी तथा सेवा सुविधाको बारेमा जानकारी लिन सकिन्छ।सूचना तथा सञ्चारको युगलाई अझै छिटो र छरितो बनाइ नेपाली बजारको सेवा र जानकारी लिनका लागि नेपाली सर्च इन्जिन सबैको रोजाइ बन्दै जानेछ।कम्पनी स्थापनाको शुरूवातमा यो बिषयमा बजारमा बुझाउन गार्हो भएपनी पछिल्लो समयमा सबै ब्यवसायिहरुको रोजाइमा पर्न सकेको र छिटो भन्दा छिटो नेपालको पहिलो सर्च इन्जिनको रुपमा  सबैको आकर्षक हुने दावी कम्पनीले गरेको छ।

 

अहिले वेबसाईटको माध्यमबाट सेवा सुरु गरेको र नेपाली सर्च इन्जिनको मोबाइल एप्लिकेसन छिटोभन्दा छिटो बजारमा आउने कुरा कम्पनीले जनाएको छ।नेपाली बजारमा आइटी कम्पनीहरुको विस्तार हुँदै गर्दा फरक खालको सेवाहरु दिने नेपाली सर्च इन्जिन नेपालकै पहिलो कम्पनी रहेको कम्पनीको दावी छ।

 

नेपाली सर्च इन्जिनले आफ्नो सेवाहरु रुपन्देहीबाट शुरु गरेको र आफ्नो सेवाहरुलाई काठमाडौ,झापा,सुनसरी, चितवन,दाङ,पोखरा,नवलपरासी,बाके र सुर्खेत लगायतका जिल्लाबाट पनि सेवा सुचारु गरेको नेपाली सर्च इन्जिन र आगामी बर्षमै आफ्ना सेवाहरुलाई देशभर बिस्तार गर्ने कम्पनीले जनाएको छ।नेपाली सर्च इन्जिनमा सबै संस्थाको जानकारी र सेवाको बारेमा आफुलाई जुन स्थानिय तहमा आवश्यकता भयो त्यही स्थानीय तहमा आवश्यकता अनुसारको विवरण www.nepalisearchengine.com भित्र सर्च गरि खोज्न सकिने कुरा कम्पनीले जनाएको छ।

 

नेपाली सर्च इन्जिनले नेपालभर संचालनमा रहेका सम्पुर्ण पसल संघ संस्था,ब्यवसाय,उद्योगहरु तथा ब्यवसायिक ब्यक्तिहरुको सम्पूर्ण जानकारी सहित अनलाइन ब्यवसायिक प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन,बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ।नेपाली सर्च इन्जिनको सहयोगमा आफ्नो उत्पादनहरुलाई अनलाइनको माध्यमबाट सहजरूपमा बिक्रीवितरण गर्ने,होटल बुकिङ्ग सेवा उपलब्ध गराउने,हस्पिटल र क्लिनीकका डाक्टरहरुको Appointment लिन सकिने , स्कुल तथा क्याम्पसमा अनलाइनबाटनै भर्ना गर्न सकिने ब्यवस्था ,जागीर खोज्ने र दिने बिचमा समन्वय गराइने,सेकेन्ड ह्यान्ड बजारीकरण र घरजग्गा बिक्री तथा भाडामा लिनेदिने सुबिधा रहेको र आगामी दिनहरूमा सुविधाहरुलाई पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छl

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?