
सुनवल।स्वार्गीय केशव प्रसाद पौडेलको स्मृतिमा महाकवि देवकोटा नमुना मा.वि सुनवल ४ मा अक्षयकोष स्थापना भएको छ।
सुनवल २ आछामवासी निवासी स्वार्गीय केशव प्रसाद पौडेलको वार्षिक पुन्य तिथिमा उहाँकी धर्मपत्नी सारदा पौडेलले अक्षयकोषका स्थापनाको लागी रु ५५ हजार ५ सय ५५ रुपौया विद्याललाई हतान्तरण गर्नुभएको हो।
अक्षयकोषबाट प्रत्येक बर्ष असल जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने विद्यालयले जनाएको छ।१९९९ फागुन ५ गते जन्मीनुभएका स्वर्गीय केशब प्रसाद पौडेलको वि.स २०७९ असार २८ गते स्वर्गारोहण भएको थियो।
महाकवि देवकोटा नमुना माविमा अक्षयकोष स्थापनाको लागी रकम हस्तान्तरण कार्यक्रममा स्वार्गीय केशव प्रसाद पौडेलका छोराहरु कृष्ण प्रसाद पौडेल, ऋषिराम पौडेल,गणेश पौडेल लगाएत वुहारीहरु र विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानहरी अर्याल,सदस्यहरु प्रतिभा कार्कि,रामजी वावु पराजुली साथै प्रअ खेमलाल जेशी शर्मा लगायत बार्षिक पुन्य तिथिमा आउनुभएको स्वर्गीय पौडेलका आफन्त तथा स्थानियहरुको उपस्थीति रहेको थियो।