ट्रेन्डीङ्ग

सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी बैठक

परासी।सिमा व्यवस्थापन तथा व्यापार सहजीकरणको लागी जिल्ला स्थित विभिन्न सुरक्षा निकाय तथा प्रतिनिधिहरुको विच बैठक भएको छ।

 

 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको सुरक्षा निकाय र उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी साथै उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य लगायत उद्योगी व्यवसायीहरुको उपस्थितीमा विभिन्न निणर्यहरु भएका छन।

 

 

 

जसमा वैठकले जिल्ला स्थित सिमा नाकाबट हुने निकासी पैठारी कार्यलाई रोक्न थप व्यवस्थित बनाउने र ब्यापार सहजीकरणमा सहयोग तथा समन्वय गर्ने निणर्य गरेको छ।

 

 

बैठकले गैर-भन्सार नाकाबाट हुन सक्ने चोरी पैठारी नियन्त्रणका लागी सर्वपक्षिय सुचना आदानप्रदान कार्यलाई प्रभावकारी बनाउने निणर्य गरेको छ।

 

 

 

त्यस्तै नेपाल सरकार अर्थ मन्त्रालयको यहि जेठ १५ गतेको निणर्यमा यात्रुले आफ्नो साथमा ल्याउन लैजान पाउने सुचना व्यवस्थालाई तत्काल कडाई गर्ने निणर्य वैठकले गरेको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal