ट्रेन्डीङ्ग

मुटुमा समस्या देखिएपछी राष्ट्रपति पौडेल पुनःअस्पताल भर्ना

काठमाण्डाै।मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनःअस्पताल भर्ना हुनुभएको छ।

 

 

उहाँलाई गएराति २ बजेदेखि असहज भएको र बिहान ५ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको हो।



राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार अहिले उहाँको उपचार भैरहेको छ।

 

गत मंगलबार पनि अचानक छाती दुखेपछि राष्ट्रपति पौडेलको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारपछि बुधबार डिस्चार्ज हुनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?