ट्रेन्डीङ्ग

सडक दुर्घटनामा चापकोटका पुर्व नगरप्रमुख शिव गिरिको निधन

स्याङ्जा।स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख शिवकुमार गिरीको स्कर्पियो दुर्घटनामा परी निधन भएको छ।




शुक्रबार राति बा १५ च १७०१ नम्बरको स्कारपियो पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गर्दा अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्वमेयर गिरीको निधन भएको हो।




चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal