
पर्वत।पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको आम्बारी माविले शैक्षिक सुधारको लागि कक्षा ५ सम्म पढ्ने विधार्थीका अभिभावकहरुको भेला गरि अनुगमन तथा परामर्श समिती गठन गरेको छ।
पछिल्लो समय शैक्षिक सुधार कार्यक्रम अन्तरगत आम्बारी माविले उत्कृष्ट कार्यक्रम गर्दै विद्यार्थीलाई पढाउने र प्रत्यक्ष अवलोकन गराउने गर्दै आएको छ ।
विद्यालयमा भौतिक परिवर्तन सहित विद्यार्थीका माग अनुसार खेलकुद,पठनपाठन र विद्यार्थीलाई प्रत्यक्ष रुपमा विभिन्न सामाग्री,विभिन्न ठाउँमा लगेर अवलोकन गराउदै आएको कमला पौडेलले बताइन ।