सुनवल।दोश्रो मिस्टर एन्ड मिस नवलपरासी २०२३ को अडिसन सुनवलको ओरियन होटलमा चलिरहेको छ।पी पोडक्सनको आयोजनामा भएको उक्त प्रतियोगिता गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको दोश्रो अडिसन जेठ २७ गते र असार २ गते हुने आयोजकले जनाएको छ।
५ वर्षदेखि २५ वर्ष सम्मका,किशोरकिशोरी र वयस्कलाई लक्षित गरी मिस एन्ड मिस्टर नवलपरासी २०२३ सुरु गरिएको पी पोडक्य प्रशान्त शाहले जानकारी दिए।खास गरी व्यक्तित्व विकास गर्ने उद्देश्यले गर्न लागेको मिस एन्ड मिस्टर नवलपरासीको लागि अहिले अडिसन भइरहेको अर्गनाइजर शाहले बताए।
आफू भित्रको रहेको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागिताको निम्ति छनौट अडिसन पनि हुने भएकोले ईच्छुक प्रतिस्पर्धीहरुलाई अडिसन दिन पनि आयोजक संस्थाका सिईओ साहले आग्रह गरे।
मुख्य स्पोन्सरका रुपमा रहेको होटल ओरियनले बर्तमान समयको मागलाई सम्बोधन हुने गरी विभिन्न कार्यक्रमहरुलाई साथ सहयोग गर्दै आएको जनाएको छ।
यस क्षेत्रमै एक मात्र ४ तारे होटलका रुपमा स्थापित होटल ओरियनले ग्राहकको मागलाई मध्यनजर गर्दै मनोरञ्जनात्मक कार्यक्रमका साथै अन्य सेवाहरुको बिस्तार गर्दै आइरहेको छ।