ट्रेन्डीङ्ग

नागरिकता विधेयक सम्बन्धि सर्वोच्चको निर्णय विरुद्ध परासीमा प्रदर्शन

परासी।पश्चिम नवलपरासीमा नागरिकता विधेयक सम्बन्धि सर्वोच्चले गरेको निर्णयको विरुद्ध प्रदर्शन भएको छ।सरकारले जारी गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गरेको स्टे अडर विरुद्ध पश्चिम नवलपरासीमा विरोध प्रदर्शन भएको छ।


नागरिकताका लागि युवा सर्घष समिति र नागरिकता विहिन नागरिक सर्घष समितीद्धारा सदरमुकाम परासीमा विरोध प्रदर्शन गरीएको हो।



वर्षौदेखि अनागरिक भएर बस्नु परेको पीडालाई सम्बोधन गर्न सरकारले नागरिकता विधेयक ल्याएपनि अदालतले स्टे अर्डर दिएर हजारौ नेपाली युवा नागरिकता विहिन हुनुपर्ने अवस्था आएको भन्दै तत्काल पीडितको पक्षको फैसला सुनाउन दवाब दिईएको स्थानीय ऋषिराम हरिजनले बताए।




विरोध प्रदशर्नमा नागरिकता विधेयकको विरोध गरीरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामीछाने,राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका नेताहरु विरुद्ध नाराबाजी गरेका थिए।




पश्चिम नवलपरासीमा मात्र बाबु आमाको नागरिकता भएको र छोराछोरीले नागरिकता नपाएका करिब २५ हजार युवायुवती नागरिकता विहिन हुनु परेको छ।


नागरिकता नहुदा उच्च शिक्षा हासील गरेर पनि रोजगारी,सिमकार्ड तथा अन्य सरकारी सेवा सुविधाबाट बञ्चित हुनु परेको भन्दै तत्काल नागरिकता विधेयक लागु गर्नुपर्ने माग गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal