
बुटवल।लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले मिडियामैत्री बजेट ल्याउन आफू प्रतिबद्ध रहेको बताएका छन।
लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा अनलाइन मिडिया सम्पादन अभिबृद्वि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अहिले बजेट शिलिङको काम भइरहेको मिडियामैत्री बजेट ल्याउन आफू प्रतिबद्ध रहेको बताएका हुन्।’अहिले बजेटको सिलिङ गर्ने काम जारी छ।बजेटमा लुम्बिनी प्रदेशका अनलाइन मिडिया हाउस र पत्रकारहरुका माग सकेसम्म सबै समेट्ने छु।’- उनले भने।
सत्य तथ्य कुरा मिडियाले ल्याउन सके मिडियाप्रती जनताको बिश्वास बढ्दै जाने भएकाले विश्वसनीय अनलाइन मिडियाले विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रम नेपाल पत्रकार महासङ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले प्रदेश सरकारले समयमै कार्यविधि नबनाउदा यस वर्ष मिडियाको विनियोजन भएको २ करोड बढी बजेट फ्रीज हुने लागेको बताए।
साथै उनले प्रदेशले अबको बजेटमा मिडियालाई विशेष प्राथमिकता दिएन र बजेट खर्चको कार्यविधी समयमै बनाउन आग्रह गरे।
प्रशिक्षण कार्यक्रम १९ गतेसम्म संचालन हुनेछ।