ट्रेन्डीङ्ग

बझाङमा केन्द्रविन्दु भएर ४.५ रेक्टरको भूकम्प

काठमाडौं।सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर बुधबार बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

 

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर गत आइतबार ७ जेठको बिहान ४.१ रेक्टरको भूकम्प गएको थियो।पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जानेक्रम जारी छ।

 

 

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal