
सुनवल।सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विष्णु प्रसाद न्यौपाने निर्वाचित भएका छन्।विहिवार सम्पन्न निर्वाचनबाट स्वतन्त्र उमेदवार न्यौपानेले १३ सय ९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित् भएका हुन् ।उनका प्रतिष्पर्धी वलबहादुर थापाले ४०६ र सोमबहादुर रायमाझिले ५४३ मत प्राप्त गरेका थिए।
यस्तै उपाध्यक्षमा हिमलाल पराजुली निर्वाचित भएका छन् । स्वतन्त्र उमेद्वार पराजुलीले ८३५ मत प्राप्त गरी विजय भएका हुन् ।उपाध्यक्ष पदका अन्य उमेद्वारहरु इन्द्र कुमार रेग्मीले १४९,रमेश नेपालीले २६८ र टेक बहादुर पुनले ७४७ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा मुक्ति बहादुर भण्डारीले ६४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । भण्डारी पनि स्वतन्त्र उमेद्वार थिए । उहाका प्रतिष्पर्धी कुल प्रसाद भट्टराइले ५९७ र तारा बहादुर वलालले ६३३ मत प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्षमा दिल कुमारी बुढा मगर विजय भएकी छन् । उहाले १ हजार ९१ मत प्राप्त गरेको छन् ।
त्यस्तै सदस्य महिलातर्फ भिमा देवी पाण्डे,गोमा आचार्य र गिता पौडेल निर्वाचित भएका छन् । ३ महिला सदस्यमा ६ जनाको उमेद्वारी परेको थियो । त्यस्तै खुल्ला सदस्यतर्फ छन्न प्रसाद श्रेष्ठ, विष्णु प्रसाद पौडेल,सञ्जय कुमार श्रेष्ठ र सोम प्रसाद पौडेल निर्वाचित भएका छन् । ४ खुल्ला सदस्य पदमा १३ जनाको उमेद्वारी परेको थियो।
यस्तै लेखा संयोजकमा मुक्तिराम भण्डारी र सदस्यहरुमा सिता पौडेल चापागाई र नारायण सापकोटा निर्वाचित भएका छन्।
संस्थाको छैठौ अधिवेसनबाट नया नेतृत्व चयनका लागि विहिवार भएको निर्वाचनमा ३८ सय ५९ कुल मतदाता रहेकोमा ६६ प्रतिशत अर्थात कुल २५ सय ४० मत खसेको थियो ।