ट्रेन्डीङ्ग

प्रथम रामग्राम सास्कृतिक मेला जेठ ९ गते देखि

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रथम सांस्कृतिक मेला हुने भएको छ। संस्कृतिको जर्गेना गर्ने उद्देश्यले रामग्राम नगरपालिका वडा नं. २ वडा कार्यालयले प्रथम रामग्राम सांस्कृतिक मेला आयोजना ,रामग्राम नगरपालिका संरक्षक र जय मातादी एम्युजमेन्ट एण्ड ईभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा मेला आयोजना गर्न लागेको हो।

 

आगामी जेठ ९ गतेदेखि २० गतेसम्म पहिलो पटक रामग्राम–२ स्थित हाटबजार क्षेत्रमा  सांस्कृतिक मेला लागिएको मेला आयोजक रामग्राम-२ का वडा अध्यक्ष नीरज रौनियारले जानकारी दिए।

 

 

स्थानीय कला संस्कृतिको संरक्षण तथा स्थानीय प्रतिभाको उजागरमा मेलाले विशेष टेवा पुर्य्याउने वडा अध्यक्ष रौनियारले बताए।

 

मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष रौनियारले मेलाबाट बचत भएको रकम अनाथ बालबालिकालाई सहयोग गरिने जानाकारी दिए।मेलामा राष्ट्रिय,स्थानीय कलाकारसहित भोजपुरी क्षेत्रका चर्चित कलाकारको पनि सहभागिता रहने मेला व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड ईभेण्ट म्यानेजमेन्ट प्रालिका प्रमुख राजवीर जयसवालले जानकारी दिए।

 

मेलाको मूख्य आकर्षणको रुपमा ख्याति प्राप्त कलाकार दुर्गेश थापा,बद्री पंगेनी, ज्योति मगर,कमल खत्री,हेमन्त शर्मा लगायत भोजपुरी क्षेत्रका चर्चित कलाकारहरु प्रिति पासवान,रितेश पाण्डे,सिल्पी राज,लगायत तीन दर्जन बढी कलाकारको विशेष प्रस्तुती रहनुका साथै स्थानीय थारु,झाम्टा लगायतका नाचहरु पनि मेला व्यवस्थापक जयसवालले बताए।

मेला विशेष आकर्षणको रुपमा प्रत्येक दिन कुस्ती(दंगल) प्रतियोगिता तथा प्रथम रामग्राम डान्स आईडल प्रतियोगिता पनि आयोजना हुने आयोजकले जनाएको छ।डान्स आईडलमा प्रथम पुरस्कार रु २५ हजार, द्धितिय पुरस्कार रु बीस हजार, तृतीय रु पन्ध्र हजार प्रदान गरिनेछ भने प्रथम हुनेलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत दिईने मेला व्यवस्थापक जयसवालले जानकारी दिए।

 

बालबालिका तथा युवाहरुको लागि बाल उद्यान सहित स्थानीय उत्पादन,कृषि, गार्मेन्ट,होटल रेष्टुरेण्ट लगायत गरी करिब ५० वटा व्यापारिक स्टल समेत मेलामा राखिने छ।

मेला दिउसो १ बजे देखि राति १० बजेसम्म चल्ने आयोजकले जनाएको  छ ।  ५० हजार बढी दर्शक सहभागि गराउने उद्देश्य रहेको उक्त मेलामा प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० तोकिएको छ ।

 

पत्रकार सम्मेलनमा रामग्राम नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मदन यादव,वडा नं. ६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठी, वडा नं ११ का वडा अध्यक्ष धनीराम यादव, वडा नं. १४ का वडा अध्यक्ष ओमप्रकाश यादव लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?