ट्रेन्डीङ्ग

पत्रकार महासंघ सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलनका लागि ३ सदस्यीय समिति गठन

  • पत्रकार महासंघ सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलनका लागि ३ सदस्यीय समिति गठन
  • परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले संस्था शुद्धीकरण अभियानकाे लागि समिति गठन गरेकाे छ।महासघकाे ९ ओैँ बैठकले संस्था शुद्धीकरणकाे लागि अभियान अन्तर्गत सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समिति गठन गरेकाे हाे।






    सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समितिको संयोजक पत्रकार महासंघका पुर्वसभापति एवम् शाखाका सल्लाहकार केशव पराजुलीकाे संयाेजकत्वमा तीन सदस्य समिति गठन गरिएकाे शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए।



    समितिकाे सदस्यमा पत्रकार महासंघका कार्यसमिति सदस्य अनिल यादव र महासंघका साधारण सदस्य नारायण भण्डारीलाई चयन गरिएकाे अध्यक्ष शर्माले बताए।उक्त समितिलाई महासंघको सदस्य विवारण संकलनको गर्नकाे लागि एक हप्ताको समय सिमा दिएकाे शर्माले बताए।



    सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समितिको संयोजक केशव पराजुलीलाइ जिम्मेवारी सुम्पिदै एक हप्ता भित्र विवरण सहितको प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिईएकाे महासंघका कोषाध्यक्ष प्रकाश न्याैपाने बताए।


    परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अन्तिम रुप दिइएको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्ने क्रममा नवलपरासीमा हालसम्म १४ जनाले सदस्यता त्यागकाे स्वघाेषणा गरेकाे महासंघका शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए।



    उनकाे अनुसार बैठकले यहि जेठ ६ गते महासंघकाे सदस्यता त्यागकाे स्वघाेषणा गर्ने सदस्यलाई महसंघ केन्द्रीय महासचिव एंव शुद्धीकरण अभियानका संयाेजक,लुम्बिनी प्रदेश अध्यक्ष,महासचिव लगाएतकाे उपस्थितिमा सम्मानपत्रले सम्मानित गर्ने निर्णय गरिएकाे र सदस्यता त्यागकाे स्वघाेषणा गर्ने सबैप्रति महासंघले आभार समेत व्यक्त गरेकाे शाखा सचिव रेश्मीले बताए।


    महासंघमा अबद्व सदस्यहरू ८६ जना रहेकाे शाखाले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



    © आजको राशिफल
    © Foreign Exchange Rates
    © Gold Price Nepal