ट्रेन्डीङ्ग

प्रतापपुरमा स्नातक प्रथम बर्षमा अध्ययनरत छात्रालाइ नि:शुल्क साईकल वितरण

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले छात्रा विधार्थीहरुलाई साईकल वितरण गरेको छ।गाउँपालिका भित्र रहेका स्नातकतह प्रथम वर्ष अध्ययनरत छात्रा विधार्थीहरुलाई नि:शुल्क साईकल वितरण गरीएको छ।

 


गाउँपालिकाले कक्षा १२ पास गरेर स्नातकतह प्रथम वर्ष अध्ययन गर्ने १२० जना छात्राहरुलाई साईकल वितरण गरेको जनाएको छ।शिक्षा क्षेत्रलाई सबल बनाउनका लागि छात्रा विद्यार्थीहरुलाई साईकल वितरण गरीएको गाँउपालिकाले भनेको छ।

 

 

तराईको दक्षिणि क्षेत्रमा अधिकांश परीवारले छोरीलाई १० वा १२ कक्षापछि पढाउन मान्दैन तर गाउँपालिकाले छोरी मान्छेको पढाईलाई प्रोत्साहन स्वरुप साईकल वितरण गरेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए।पालिकाले अहिले शिक्षा क्षेत्रमा जोड दिईएको छ।शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न कानुन निमार्ण गरेर अगाडि बढिएको पालिका अध्यक्ष यादवको भनाई छ।

 

 

 

पालिका भित्र रहेका समुदायिक र संस्थागत विद्यालयहरुको भौतिक संरचना राम्रो बनाउदै सिकाई प्रक्रियामा उच्चतम प्रविधिहरुको प्रयोग गरेर गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयत्न रहेको यादवले भनेका छन।उक्त साईकल पाउनलको लागि छात्रा विद्यार्थीहरुलाई फर्म भर्नको लागि पालिकाले सूचना जारी गरेको थियो।प्रतापपुर गाउँपालिका भित्र रहेका स्थानिय विद्यार्थीहरुले आँफु अध्ययन गरीरहेको विद्यलायको विभिन्न प्रमाण सहित फर्म भर्न अनुरोध गरेको थियो।

 

जस्मा प्रतापपुर गाउँपालिका अन्तर्गतको विद्यालय बाट कक्षा १२ उत्तीर्ण गरेको स्थानिय हुनुपर्ने फर्ममा अनिवार्य रहेको थियो।यता गाउँपालिकाले निशुल्क वितरण गरेपनि क्यम्पसले शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

 

गाउँपालिका भित्र रहेको त्रिभुवन क्याम्पस बेलाटारीले साईलकलको फर्म भरेका प्रत्येक विद्यार्थीहरु शुल्क लिएको विद्यार्थीहरुले गुनासो गरेका छन।साईकल वितरण हुँदा पालिकाले नि:शुल्क भन्दा पैसा लिईएको हल्ला गरेका थिए।

 

यता क्याम्पस प्रमुख मनोजधर द्धुवेदिले क्याम्पसको व्यवस्थापन समितिले विद्यार्थीहरुलाई सिफारिस गर्दा सिफारिस वापतको ५ सय शुल्क लिने निणर्य गरेपछि हामि सिफारिसको शुल्क लिएको बताए।

 


क्याम्पसले पालिकालाई कुनै पनि जानकारी नगरी आफनो मनोमानि ढंगले शुल्क उठाएको गाँउपालिका अध्यक्ष उमेश चन्द यादवले भनेका छन।यादवले विद्यार्थीहरुलाई आँफुले दिएको शुल्क क्याम्पस संग फिर्ता लिन भनेका छन् त्यसमा पालिकाले समेत सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal