सुनवल।सुनवल खानेपानी तथा सरसफाइ संस्था,सुनवल नवलपरासीको जेठ ४ गते हुने छैठौं अधिवेशनका लागि नेकपा एमाले,नेकपा माले,राष्ट्रिय जनमोर्चा गरी ३ दल संयुक्त उमेदवारी मार्फत निर्वाचनमा होमिएका छन।
निर्वाचन नजिकिदै जादा यि तिन दलको आसन्न अन्तीम वैठकहरुमा पदिय हैसियतलेनै सहभागी भई हाल स्वतन्त्रबाट निर्वाचनमा उठेका विभिन्न व्यक्तिहरु पार्टीको आधिकारीक उमेद्वार नरहेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन।
तिन दलको गठवन्धनको संयुक्त निर्वाचन परिचालन समिति संंयोजक राजनकुमार आचार्यले बुधवार पत्रकार भेटघाट कार्यक्रम मार्फत यसअघि पार्टीका विभिन्न पदमा रहेका सुनवल ४ वडा कमिटीका इन्चार्ज विष्णु न्यौपाने,सुनवल वडा नं १ का वडा कमिटी इन्चार्ज हिमलाल पराजुली र पार्टी सदस्य प्रेम बहादुर खड्का पार्टीको आधिकारीक उम्मेदवार नरहेको भन्दै उपभोक्ताहरु भ्रममा नपर्न र आम कार्यकर्तालाइ आफ्नो सामाजिक संजाल पेजमा समेत शेयर नगर्न,समर्थन नगर्न अनुरोध गरेका छन।
सुनवलको खानेपानी तथा सरसफाइ संस्थाको शुरुवातमा ११ करोड ८४ लाख ४६ हजार ५६२ लागत मध्ये ऋण सहयोग,अनुदान र समुदायको योगदानमा निर्माण कार्य आरम्भ भएको र हाल निर्माणका लागि ३६ करोडको लागतमा परियोजना सम्पन्न हुन बाँकी नै छ।
हाल निवर्तमान रहेका कार्यसमितिका अनुभवी कार्य समितिका साथमा नयाँ टिम चुनिएर जानुपर्ने आजको आवश्कता रहे पनि विचमै निवर्तमान समितिलाइ पुरै पाखा लगाउने घोषणा गर्दै स्वतन्त्रको बाढी अस्वाभाविक रुपमा रहेको तथ्य देखा परेको जनाइएको छ।
सुनवल खानेपानी तथा सरसफाइ संस्था बेथीतीमा चलेको छ भन्दै बेथीती सुधार्नका लागि स्वतन्त्र उमेदवारी घोषणा गर्नु हाँस्यास्पद तर्क रहेको पे्रस विज्ञप्तीमा जनाइएको छ।
नेकपा एमाले,नेकपा माले,राष्ट्रिय जनमोर्चा गरी ३ दलको गठवन्धनबाट अध्यक्षमा वलबहादुर थापा,उपाध्यक्षमा रमेश नेपाली,सचिवमा मुक्तिबहादुर भण्डारी,कोषाध्यक्षमा धनमाया गौतम क्षेत्री,सदस्यहरुमा क्रमश विष्णु प्रसाद पौडेल,धनप्रसाद तिवारी,भरत पाण्डे,धनपति सापकोटा,महिला सदस्यहरुमा विनुमाया दर्जी,भिमादेवी पाण्डे,पुस्तिमा पुन तथा लेखा समिति संयोजकमा विष्णुप्रसाद पौडेल,सदस्यहरुमा मेघनाथ गोतामे र सिता पौडेल चापागाइँको उमेदवारी रहेको छ।