ट्रेन्डीङ्ग

नेपाल र यूएईको बाँकी खेल भोलि हुने

काठमाडौं।एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ ।

 

 

भोलि यहि अवस्थाबाट खेल सुरु हुनेछ।टस हारेर ब्यटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।

 

 

बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हृुनेछ ।

 

 

यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो।वर्षाले आइतबार (आज) खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal