ट्रेन्डीङ्ग

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ।राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।समूह ए को विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो।

 

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ।नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ।

 

त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ।ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो।यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal