ट्रेन्डीङ्ग

विवादका बीच सुनवलमा प्रमुख प्रसाशकिय अधिकृत गौतमले हाजिर गरे

परासी।सुनवल नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत रमेश गौतमले हाजिर गरेका छन्।सरुवा भएर नगरपालिकामा आएका नयाँ प्रमुख प्रसाशकिय अधिकृत गौतमलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएपछी अर्यालको चौतर्फी बिरोध भएको थियो।

सोहि विषयमा सफल पोष्टले “पार्टी निकट कर्मचारी नभएको भन्दै हाजिर गर्न नदिने सुनवल नगर प्रमुखको अडान” समाचार प्रकाशन गरेको थियो। गौतमले आज आइतबार नगरपालिकामा हाजिर गरेका हुन् । गौतमले भने सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गर्नेछु।नियमानुसार महसुस हुने गरी नागरिकलाई सेवा दिन कार्यालय प्रमुख गौतमले कर्मचारीहरूलाई निर्देशन दिएका छन।


संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते गौतमलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनवल पठाएको थियो। तर कार्यलय हाजिर हुन गएका गौतमलाई नगर प्रमुख अर्यालले केहि दिन हाजिर नगर्न आदेस दिइन्।अर्यालले पार्टी निकट कर्मचारी नआएपछि हाजिर रोकिदिएको गम्भीर आरोप समेत लागेको थियो।


नगरपलिकाको आर्थिक बर्षसम्म पुरानै प्रसासकिय अधिकृत भक्तिराम मरासिनीलाई निरन्तर दिएर काम गराउने बिमला आर्यालको अडान लिएकी थिइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal