ट्रेन्डीङ्ग

विदेशी लगानी र प्रविधी भित्राउन तयार छौ: उधोग मन्त्री रिजाल

परासी।उद्योग बाणीज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधी भित्राउने बातावरण बनाउन सरकार सधै लागि परेको बताउनुभएको छ।

 



गोल्छा ग्रुपले आजबाट कोरीयन प्रविधीको सामसुङ टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनु भएको हो।‘कोरीयाले नेपाली युवालाई रोजगारी दिनेदेखि नविनतम प्रविधीको विकासमा वर्षौदेखि सहयोग गर्दै आएको छ।’उहाले भन्नुभयो,‘नेपालमानै कोरीयाली प्रविधीको टेलिभिजन उत्पादनले ब्यापार घाटा घट्नुको साथै नेपालमा रोजगारी समेत बढ्ने छ।विदेशी प्रविधी भित्राउन आवश्यक पर्ने नतिीगत सुधार गर्न हामी प्रतिबद्ध छौ।’

 

 



गोल्छा ग्रुपले कोरीयाको सामसुङ कम्पनी संगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ मा उत्पादन गरेर विक्री वितरण सुरु गरेको छ।

 

 


कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले लगानी मैत्री बाताबरण बनाउन आफुहरु प्रतिबद्ध रहेपनी तिनतले सरकारको समन्वय अभावमा नीति बाझिने गरेको उल्लेख गर्नुभयो।

 

 



गोल्छा ग्रुप अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपालका लागि कोरीयन राजदुत चोङसुक पार्क,सामसुङ कम्पनीका दक्षिण पुर्व एसीयाका सीइयो जेवि पार्क,रामग्राम नगरपालिकाका प्रमुख धनपत यादब लगाएत कम्पनीका प्रतिनिधीको सहभागीता थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal