ट्रेन्डीङ्ग

१८ वटा सञ्चार माध्यमलाई काउन्सिलको २४ घण्टे स्पष्टिकरण

काठमाडौँ।प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।

 

निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताविपरीत मत सर्वेक्षण र चुनावी विश्लेषणसहितका सामग्री सम्प्रेषण गरेकोमा शुक्रबारसम्म २ वटा अनलाइन र एउटा टेलिभिजनलाई पत्र काटिएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए।

 

गएरातीदेखि सुरु भएको मौन अवधिका समयमा दल तथा उम्मेदवारको प्रचारप्रसार गर्ने १५ वटा पत्रपत्रिकालाई पनि २४ घण्टे पत्र काटिएको बोहोराले जानकारी दिए।

 

 

काउन्सिलले चुनावका समयमा आचारसंहिताको पालना गर्न र मत सर्वेक्षणसम्बन्धी समाचार सामग्री सम्प्रेषण नगर्न पटक पटक अपिल गर्दै आएको छ।

यही वैशाख १० गते आइतबार बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?