ट्रेन्डीङ्ग

रास्वपा सभापति लामिछानेका चालक घरको छतबाट खसेर घाइते

भरतपुर।रास्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक घाइते भएका छन।



भरतपुर ११ स्थित लामिछानेको घरबाट विहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएका हुन।




थापाको खुट्टामा र टाउको चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।यस विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विजय राज पण्डितले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal