ट्रेन्डीङ्ग

एसीसी प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाण्डाै।नेपाल क्रिकेट सङ्घ(क्यान)ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ।आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे।

 

 

प्रतियाेगितामा नेपालले राेहित पाैडेलकाे कप्तानीमा खेल्नेछ। टाेलीमा पाैडेलसँगै कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,कुशल मल्ल,आरिफ शेख,साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी,गुलशन झा,करण केसी, सन्दीप लामिछाने,भीम सार्की,प्रतिश जिसी र ललित राजवंशी रहेका छन।यस्तै अर्जुन साउद सन्दीप जाेरा सूर्य तामाङ र किशाेर महताेलाई’रिजर्भ’खेलाडीमा राखिएकाे छ।

 

 

 

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ।शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन।

 

 

 

समूह’ए’मा नेपाल,ओमान,कतार, मलेसिया र साउदी अरब रहेका छन।समूह’बी’मा यूएई,हङकङ,कुवेत, सिङ्गापुर र बहराइन छन।नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानीमा खेल्नेछ।

 

 

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal