ट्रेन्डीङ्ग

चितवन-२ मा रवि लामिछानेले जिते पुन: उपनिर्वाचन हुन्छ:भट्टराई

काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा रवि लामिछाने विजयी भए पुन:उपचुनाव हुन सक्ने टिप्पणी गरेका छन।

 




गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई नै ढाँटेको आरोप लगाए।

 

 




चुनाव प्रचारप्रसार कार्यक्रमका लागि चितवन आइपुगेका उनले भने,‘चितवन- २ मा विगतको जस्तो नतिजा आए फेरि दोस्रोपटक उपचुनाव हुन्छ।यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन’
सचिव भट्टराईले रविले कानून उल्लङ्घन गरेकोले पुन: उपनिर्वाचन गर्नुपरेको बताए।

 

 

गएको मंसिरमा भएको आम निर्वाचनमा चितवन-२ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए।तर उनी नागरिकता विवादपछि सांसद पदबाट पदमुक्त भएका थिए।

 



अहिले उपनिर्वाचनमा पुन:रवि उम्मेदवार बनेका छन।त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन।उनले चितवन-२ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई मतदान गरेर कम्युनिष्ट एकता र सहकार्यको सुरुवात गर्न आग्रह गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?