ट्रेन्डीङ्ग

पश्चिम् नवलपरासीको सुस्ता गापामा ७३ जना नेपाली कांग्रेसमा प्रवेश

रियाज अलि असोज ६ नवलपरासी । पश्चिम नवलपरासी नेपाली कांग्रेस सुस्ता गाउपालिका कमिटीको आयोजनामा भएको पार्टी कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रम सम्पन्न नेकपा ,जसपा लगायत विभिन्न राजनीति दलबाट ७३ जना पार्टी प्रवेश गरेका छन ।

कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मा.देवेन्द्र कण्डेलको  प्रमुख आतिथ्यतामा जिल्ला सभापति बिष्णु पौडेलको बिशिस्ट आतिथ्यता जिल्ला सह-सचिब एवम जिसस प्रमुख शिव शन्कर राय,जिल्ला सद्स्य,केन्द्रिय बिभाग सदस्य लगायत नेता कार्यकर्ताको उपस्तिथिमा सम्पन्न भएको छ ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ७३ जनालाई पार्टी प्रवेश सहित प्रमुख अतिथी कण्डेेल बाट पार्टी सदस्यता हस्तान्तरण गरिएको कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal