ट्रेन्डीङ्ग

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

परासी।पश्चिम नवलपरासीको तिलकपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलकपुर स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले दक्षिणतर्फ मोड्ने क्रममा सोही दिशा तर्फबाट आउँदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनवल-१३ बडेरा बस्ने ३२ वर्षीय चिरन्जीवी काफ्लेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

टाउको र शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका काफ्लेको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

दुर्घटनामा संलग्न टिप्पर र टिप्पर चालक प्रतापपुर-७ बस्ने ३४ वर्षीय माधब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?