ट्रेन्डीङ्ग

रिङ्की पङ्गेनीको अध्यक्षतामा नवलपरासी-काठमाडौँ सम्पर्क समन्वय समिति गठन

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)को नवलपरासी (पश्चिम)काठमाडौँ सम्पर्क समन्वय समिति गठन भएको छ।सरावल

 

 

शनिबार बागबजारमा भएको प्रथम भेलाले रिङ्की पङ्गेनीको अध्यक्षतामा २१ सदस्यीय मूल समिति गठन गरेको हो।

 

 

समितिको उपाध्यक्षमा करुणेश पटेल र अर्जुन विश्वकर्मा रहनुभएको छ।यस्तै कोषाध्यक्षमा कृष्णबहादुर थापा,सचिवमा सन्दिप कुमार यादव र सहसचिवमा लक्ष्मी पौडेल रहेकि छन।

 

 

त्यसैगरी सम्पर्क समन्वय समितिका सदस्यहरुमा सिर्जना गुरुङ थापा,विनोद यादव,रविन्द्र हरिजन,सन्जय सहानी,विनय यादव,प्रकृति पौडेल,सम्झना विक,विद्या पौडेल,धिरज कुमार पाण्डे,सन्देश रेग्मी,विनोद भूर्तेल,मणि ज्ञवाली,सुजन ढकाल,शिव गिरी रहेका छन।

 

 

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गीता गहतराजको प्रमुख आतिथ्यतामा भएको भेलाले सम्पर्क समन्वय समिति गठन गरेको हो।

 

 

नवगठित समितिका पदाधिकारीलाई सम्पर्क समन्वय समिति लुम्बिनी प्रदेशका अध्यक्ष उदय अधिकारीले शपथ ग्रहण गराए।

 

 

नवगठित समितिलाई शुभकामना दिँदै केन्द्रीय सदस्य गहतराजले जिल्लामा देखिएका आम नागरिकका समस्या समाधान गर्न समितिले संगठित रुपमा काम गर्नुपर्ने बताए।

 

 

भेलामा बोल्दै नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले पार्टी नेतृत्वलाई सुझाव सल्लाह दिन र संगठन सुदृढिकरणका लागि सम्पर्क समन्वय समितिको महत्वपूर्ण भूमिका रहने बताए।

 

 

संविधान सभा सदस्य सिता बौडेलले जिल्लाको विकास निर्माण कार्य र योजना निर्माणमा समेत सम्पर्क समन्वय समितिले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरिन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?