ट्रेन्डीङ्ग

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीमा जिम्मेवारी हेरफेर

परासी।नेकपा(क्रान्तिकारी माओवादी)जिल्ला समिति नवलपरासी पश्चिममा जिम्मेवारी हेरफेर गरिएको छ।सो पार्टीको शुक्रवार भएको जिल्ला भेला पछिको दोस्रो पुर्ण बैठकले जिम्मेवारी हेरफेर गरेको हो।

 

 


जस अनुसार ६ सदस्सीय जिल्ला सचिवालय र ५ सदस्सीय जिल्ला सल्लाहकार समिति समेत गठन गरिएको जिल्ला सेक्रेटरी समरले जानकारी दिए।

 

 

 


क्रान्तिकारीले समर,बिबेक,क्रान्ति,न्युक्लियस, बसन्त र अनिल रहेको ६ सदस्सीय जिल्ला सचिवालय गठन गरेको हो।

 

 

बैठकले जनबर्गीय मोर्चा संगठनका फ्याक्सन ईञ्चार्ज र पालिका ईञ्चार्जहरु समेत तोकेको छ ।

 


जस अनुसार जनबर्गीय मोर्चा संगठनमा न्युक्लियस र क्रान्तिकारी संयुक्त मोर्चामा बिबेकलाई जिम्मेवारी दिइएको छ भने बर्दघाटमा क्रान्ति,सुनवलमा बसन्त र प्रतापपुर र सुस्ता ईञ्चार्जमा अनिल रहेका छन।

 


रामग्राम,सरावल र पाल्हीनन्दन मा भने जिल्ला कार्यालयबाट समन्वय गर्ने निर्णय गरेको छ।


बैठकले नेकपा(बहुमत)संग भएको पार्टी एकता घोषणालाई स्वागत गर्दै क्रान्तिकारी धुब्रीकरणलाई तीब्र बनाउनुपर्ने जोड दिएको जिल्ला ईञ्चार्ज संकल्पले जानकारी गराए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?