ट्रेन्डीङ्ग

स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपाल राष्ट्रिय भेला सम्पन्न

काठमाडौ।स्वनिर्भर तथा सामाजिक न्यायको अभियान नेपालको पहिलो राष्ट्रिय भेला काठमाडौमा सम्पन्न भएको छ।डा.शिवशङ्कर बस्यालको अध्यक्षतामा तथा प्रा.डा.युबराज सङ्रौलाको प्रमुख आतिथ्यतामामा भेला सञ्चालन भएको थियो।



देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा कार्यक्रममा प्रा. डा.युबराज संग्रौला एवं डा.खगेन्द्र प्रसाईले शुभकामना मन्तव्य राख्नुभएको थियो।


भेलाले अभियानको औचित्य र आगामी योजनाबारे बृहत छलफल सहित देशभरिको संयन्त्र विस्तारको कामलाई तीव्रता दिने निर्णय गरेको छ।



भेलाले डा .शिवशंकर बस्याल केन्द्रीय संयोजक सहित २१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ।

 


कार्यक्रममा डा.शिवशंकर बस्यालले अवधारणा गतिविधि एवं संगठनको औचित्यबारे प्रकाश पार्नुभएको थियो भने अन्य वक्ताहरुले देशको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको कारणले गर्दा सामाजिक सांस्कृतिक एवं आर्थिक परनिर्भरता लाई अन्त्य गर्न स्वदेशी वस्तुको उत्पादन तथा कृषि प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?