ट्रेन्डीङ्ग

शिक्षक संघद्वारा विभिन्न माग सहित पाल्हीनन्दनमा ज्ञापनपत्र बुझायो

परासी।नेपाल शिक्षक संघ नवलपरासीले पाल्हिनन्दन गाउपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ।

 


शिक्षक संघ नवलपरासीले संघीय शिक्षा ऐन अनुसार नबाझिने गरि ऐन निर्माण गरि बिब्यस गठन गर्नुपर्ने,निस्चित कार्यबिधि अनुसार मात्र शिक्षकको सल्लाहमा सरुवा गर्ने,मासिक रुपमा तलब बितरण गर्ने,गुणस्तरीय शिक्षाका लागि संघ/ संगठन संग अन्तरक्रिया गरि कार्यक्रम तय गर्ने माग सहित ज्ञापनपत्र बुझाएको हो।

 


पाल्हिनन्दन गा.पा.अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले ज्ञापन पत्र बुझ्दै मागहरु प्रति सकारात्मक प्रतिक्रिया दिनुभएको संघले जनाएको छ।

 


साथै शिक्षा सरोकारका बिषयमा सघ सङ सहकार्य गर्ने अध्यक्ष गुप्ताले प्रतिबद्धता व्यक्त गरेका थिए।

 


सोही अवसरमा अध्यक्ष गुप्ताले भर्खरै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई स्वागत एवं शुभकामना समेत ब्यक्त गरेका थिए।

       ज्ञापनपत्र:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal